Shanishchare Multiple Campus

Our Best Memories


१२औं साधारणसभा , प्रथम वर्ष स्वागत तथा आन्तरिक खेलकुद कार्यक्रम सम्पन्न

मिति २०८२ मंगसिर ०५ झापाको अर्जुनधारा नगरपालिका–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसको १२औं क्याम्पस साधारणसभा २०८२ मङ्सिर ५ गते शुक्रबार सम्पन्न भएको छ। उक्त कार्यक्रमका अध्यक्ष हेमप्रसाद खरेल थिए भने प्रमुख अतिथिमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ थिए। उक्त कार्यक्रममा वार्षिक प्रगतिबारे प्रतिवेदन क्याम्पस प्रमुख कृष्णबहादुर थापाले प्रस्तुत गरेका थिए भने सोही क्रममा आन्तरिक लेखा समितिका संयोजक कृष्णप्रसाद पौडेलले समितिको प्रतिवेदन सार्वजनिक गरेका थिए। उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई नगदसहित प्रमाणपत्र वितरण, तथा क्याम्पस स्थापनाका क्रममा महत्वपूर्ण योगदान पुर्‍याए बापत केदारमणि ढकाल, कृष्णप्रसाद मिश्र र मानबहादुर राईलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। यसैगरी, सोही दिन क्याम्पस अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन र अतिरिक्त क्रियाकलाप समिति संयुक्त रूपमा आयोजना गरेको शैक्षिक वर्ष २०८२ का नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम पनि सम्पन्न भएको थियो ।

११ क्याम्पस साधारण सभा एवम १८औ क्याम्पस स्थापना दिवस

अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसको ११ औं साधारणसभा तथा १८ औं स्थापना दिवस सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज खरेलको सभापतित्व र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको हो ।सोही कार्यक्रममा २०७९ को परीक्षामा सहभागि भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । क्याम्पसले बीबीए पहिलो वर्षको परीक्षामा सर्वोउत्कृष्ट अंक हासिल गर्दै क्याम्पस टपर बनेकी अनिसा दाहाललाई नगद ६ हजारसहित प्रमाणपत्रले सम्मान गरेको सहायक क्याम्पस प्रमुख कृष्ण थापाले बताए । दाहालले ६७.६ प्रतिशत अंक ल्याएर क्याम्पस टपर बनेकी थिइन् । यस्तै बीबीएस चौथो वर्षमा ६१.४ प्रतिशत अंक ल्याउन सफल मनिष आचार्य, बीबीएस दोस्रो वर्षमा समिक्षा राई (६०.४), बीबीएस तेस्रो वर्षमा घनश्याम सापकोटा (५५.८०), बीएड दोस्रो वर्षमा कञ्चन खतिवडा (५४.६६), बीएड पहिलो वर्षमा दिपा भट्टराई (५३.३३) र बीएड तेस्रो वर्षमा बन्दना अधिकारी (४८ प्रतिशत) लाई नगद रु चार हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।